काठमाडौं, भदौ ५ गते, ६ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भैरहेको सरकार संरक्षित आतंक बन्द गर्न माग गरेका छन् ।
बुधबार अखिल क्रान्तिकारी,अनेरास्ववियू,अखिल (समाजवादी),नेपाल समाजवादी विद्यार्थी युनियन,समाजवादी विद्यार्थी युनियन नेपाल,अखिल छैटौँ र अखिल नेपाल विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा भैरहेको सरकार संरक्षित आतंक बन्द गर्न,देशका सबै विश्वविद्यालयमा भैरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न र प्रध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कारबाही गर्न विशेष माग गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।