काठमाडौँ, राष्ट्र बैंकले अल्पकालीन ब्याजदरसगै बैंकिङ्ग प्रणालीका अन्य ब्याजदरहरु पनि घटेको जनाएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिको समेत समीषा गर्दै यस्तो जनाएको छ ।
२०८० जेठमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.१८ प्रतिशत,विकास बैंकहरुको १२.४७ प्रतिशत र वित्त कम्पनीहरुको १३.५५ प्रतिशत रहेकोमा २०८१ जेठमा औसत आधार दर क्रमशः ८.१७ प्रतिशत,९.९६ प्रतिशत र ११.४६ प्रतिशत कायम भएको बैंकले जनाएको छ । २०८० जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.९९ प्रतिशत,विकास बैंकहरुको ९.४५ प्रतिशत र वित्त कम्पनीहरुको १०.१८ प्रतिशत रहेकोमा २०८१ जेठमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः ६.१७ प्रतिशत,७.०७ प्रतिशत र ८.२८ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।
२०८० जेठमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.५३ प्रतिशत,विकास बैंकहरुको १४.४७ प्रतिशत र वित्त कम्पनीहरुको १५.०६ प्रतिशत रहेकोमा २०८१ जेठमा कर्जाको भारित
औसत ब्याजदर क्रमशः १०.१५ प्रतिशत,११.६३ प्रतिशत र १२.८५ प्रतिशत कायम भएको बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान