बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण आज

बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण आज

मेगा खबर संवाददाता

९, श्रावण २०८१
  • 700
    SHARES

  • बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण आज

    काठमाडौँ,  बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुने भएको छ । आज बिहान ११ः११ बजे लामाको शपथ ग्रहण प्रदेश प्रमुख कार्यालय हेटौंडामा हुने तय भएको हो ।  

    मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन छ । लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय,किरण थापाले स्वास्थ्य मन्त्रालय,कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय,सुकमाया तामाङले उद्योग,वाणिज्य,भूमि तथा प्रशासन मन्त्रालय,अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालय र कांग्रेसका अन्य ६ जना मन्त्रीको पनि आज शपथ ग्रहण हुने भएको हो ।  

     

    बुधवार, श्रावण ९ २०८१०७:५४:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार