बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईईमा एनजी आएका ५ जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

एसईईमा एनजी आएका ५ जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

मेगा खबर संवाददाता

३, श्रावण २०८१
  • 1.5K
    SHARES

  • एसईईमा एनजी आएका ५ जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

    काठमाडौँ, साउन ३ गते, राष्ट्रिय परीक्षा बोर्डले (एसईई) को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।

    १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ । एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ ।

    बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्ममा अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । प्राप्त आवेदनहरूमध्येमा बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ ।  

    बिहिवार, श्रावण ३ २०८१११:००:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार