बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

उत्तरपुस्तिका हराएको प्रकरणमा त्रिभुवन विश्वविद्यालयले केही दिनमा निर्णय गर्ने

उत्तरपुस्तिका हराएको प्रकरणमा त्रिभुवन विश्वविद्यालयले केही दिनमा निर्णय गर्ने

मेगा खबर संवाददाता

२६, आषाढ २०८१
  • 787
    SHARES

  • उत्तरपुस्तिका हराएको प्रकरणमा त्रिभुवन विश्वविद्यालयले केही दिनमा निर्णय गर्ने

    काठमाडौँ, उत्तर पुस्तिका हराएको प्रकरणमा त्रिभुवन विश्वविद्यालयले केही दिनमा निर्णय गर्ने भएको छ ।

    उत्तर पुस्तिका हराएको विषयमा छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा त्रिविले केही दिनभित्रमा निर्णय गर्न लागेको हो । २०८० सालको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (४१२) का उत्तर पुस्तिका हराएका थिए ।

    उत्तर पुस्तिका हराएको विषयमा गत चैत १५ गते त्रिविले राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष तथा त्रिविका पूर्व रजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।  

     

    बुधवार, आषाढ २६ २०८१०२:०९:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार