बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मनतातो पानीले घटाउँछ तौल !

मनतातो पानीले घटाउँछ तौल !

मेगा खबर संवाददाता

२५, आषाढ २०८१
  • 742
    SHARES

  • मनतातो पानीले घटाउँछ तौल !

    काठमाडौँ, उम्लिएको पानी खाएकै भरमा बोसो पग्लिँदैन । तर यस्तो पानीले शरीरलाई हाइड्रेट राख्छ अनि चिया कफी जस्ता क्यालोरीयुक्त पदार्थको तुलनामा तातो पानीको सेवनले समग्रमा तौल घटाउने लक्ष्यमा केही सहयोग भने पुर्‍याउँछ । तपाई सन्तुलित आहार खानु हुन्छ र नियमित रूपमा शारीरिक व्यायाम गर्नु हुन्छ भने मन तातो पानीको सेवनले तौल घटाउन थप मद्दत मिल्न सक्छ ।

    तातो पानी पिउँदा शरीरमा भोजनमा रहेको फ्याटका अणुहरूलाई राम्ररी टुक्र्याउन मद्दत मिल्छ । जसका कारण शरीरलाई तौल घटाउने प्रक्रियामा सहयोग मिल्न सक्छ । पानी मुखै जल्ने भने हुनु हुन्न । शरीरले सहन सक्ने तापमानको हुनु पर्छ । त्यसैले मनतातो पानी पिउनु वेश हुन्छ ।

    यसले पाचनमा सुधार ल्याउँछ । पोषक तत्त्वको अवशोषण र मेटाबोलिजम बढाउँछ । सुख्खा छालाको लागि पनि तातो÷मनतातो पानी लाभकारी हुन्छ । यसले कब्जियतबाट राहत दिलाउन मद्दत गर्छ । राम्रो नतिजाका लागि बिहान उठ्ने बित्तिकै तातोमनतातो पानी पिउनुहोस् । पानीको तापक्रम ५० डिग्री सेल्सियस आसपास भयो भने बेस हुन्छ । नुहाउनु अघि एक गिलास तातो पानी पिउँदा रक्तचाप कम गर्न मद्दत गर्छ । 

    तातो पानी रक्तचाप नियन्त्रणमा राख्न,छालाको चमक बढाउन पनि सहायक हुन्छ । यसले पाचनमा सघाउँछ भने शरीरमा विषालु तत्त्वहरूलाई बाहिर निकाल्न र मासिक श्रावसँग सम्बन्धित समस्याहरू कम गर्न पनि मद्दत गर्छ । यी सबै फाइदाहरू लिन कम्तीमा पनि दिनमा पाँच कप तातोमनतातो पानी पिउन विज्ञहरू सल्लाह दिन्छन् ।

    मंगलवार, आषाढ २५ २०८११२:००:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार