बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

त्रिभुवन विश्वविद्यालयमा दलका कार्यकर्ता भर्ती गर्ने बाटो बन्द

त्रिभुवन विश्वविद्यालयमा दलका कार्यकर्ता भर्ती गर्ने बाटो बन्द

मेगा खबर संवाददाता

२३, आषाढ २०८१
  • 916
    SHARES

  • त्रिभुवन विश्वविद्यालयमा दलका कार्यकर्ता भर्ती गर्ने बाटो बन्द

    काठमाडौँ, त्रिभुवन विश्वविद्यालयमा दलका कार्यकर्ता भर्ती गर्ने बाटो बन्द गरिएको छ । विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका साबिक पदमा नियुक्तिका लागि आधार र मापदण्ड सम्बन्धी विनियम,२०८१’ जारी गर्दै दलका कार्यकर्ता भर्ती गर्ने बाटो बन्द गरेको हो ।

    त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम,२०५० को नियम १३३ (२) र ३९७ ले दिएको अधिकार प्रयोग गरेर त्रिवि कार्यकारी परिषद्ले विनियम जारी गरेको हो । विनियम अनुसार विश्वविद्यालयका डिनहरू,सहायक डिनहरू,कार्यकारी निर्देशकहरू,निर्देशकहरू,उप–निर्देशकहरू,परीक्षा नियन्त्रक,सहपरीक्षा नियन्त्रक,प्रिन्सिपल,रेक्टर,क्याम्पस प्रमुख,सहायक क्याम्पस प्रमुख लगायतका पदमा नियुक्तिका लागि कुनै पनि राजनीतिक दलको सदस्यता नभएको स्वघोषणा गरेपछि मात्रै उम्मेदवार बन्न पाउनेछन् ।

    उम्मेदवारहरूले विभिन्न कागजात पेस गर्ने समयमा राजनीतिक दलको सदस्यता नभएको स्वघोषणा गरेको प्रमाण समेत पेस गर्नुपर्ने विनियममा उल्लेख छ ।

    आइतवार, आषाढ २३ २०८१०२:१२:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार