काठमाडौँ, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था लगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ ।
मन्त्रालयले ती विवरण १५ दिनभित्र उपलब्ध गराउन सार्वजनिक आग्रह छ । शिक्षा क्षेत्रमा हाल के–कति राष्ट्रिय र गैरसरकारी कार्यरत छन् र तिनले के गरिरहेका छन् भन्नेबारे सरकारसँग व्यवस्थित सूचना प्रणाली नरहेको स्थितिमा शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा विवरण सङ्कलन थालिएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।