बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कुन- कुन जिल्लाका कति परीक्षार्थीको परीक्षा रद्द ? (सूची)

कुन- कुन जिल्लाका कति परीक्षार्थीको परीक्षा रद्द ? (सूची)

मेगा खबर संवाददाता

१३, आषाढ २०८१
  • 1.2K
    SHARES

  • कुन- कुन  जिल्लाका कति परीक्षार्थीको परीक्षा रद्द ? (सूची)

    काठमाडौं, असार १३ गते,  विभिन्न १३ जिल्लाहरुका २२० परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार रौतहटका १,महोत्तरीका ३९,खोटाङका ३,धनुषाका ४,सर्लाहीका ६,सप्तरीका १५४ र भोजपुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ ।

    दैलेखका १,काभ्रेका २, जाजरकोटका ३,इलामका २,बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ । विषयगत आधारमा अङ्ग्रेजीको १,गणितको ६७,नेपालीको ४,विज्ञानको १४,सामाजिकको ५,ऐच्छिक गणितको ७१, अर्थशास्त्रको १३,जनसङ्ख्याको ७,वातावरण विज्ञानको २,स्वास्थ्य शारीरिकको ३,प्राविधिक विषयको ७ र सबै विषयको २६ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

    बिहिवार, आषाढ १३ २०८१११:४६:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार