बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गर्मीमा दही खानुका यस्ता छन् फाइदा

गर्मीमा दही खानुका यस्ता छन् फाइदा

मेगा खबर संवाददाता

३०, बैशाख २०८१
  • 874
    SHARES

  • गर्मीमा दही खानुका यस्ता छन् फाइदा

    काठमाडौँ, वैशाख ३० गते,  दहीमा हाम्रो शरीरलाई आवश्यक कयौँ पोषक तत्त्व र स्वस्थ ब्याक्टेरिया पाइन्छ,जुन हाम्रो स्वास्थ्यको लागि चमत्कारी साबित हुन सक्छन् । दहीको प्रयोग खानपिन मात्रै हुँदैन,छालाको हेरचाहमा पनि यसको प्रयोग गरिन्छ ।दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,पाचन प्रणाली सुधार्छ र हड्डीलाई मजबुत पनि बनाउँछ ।

    दहीको सेवनले रक्तचापको समस्याबाट पनि राहत पाउन सकिन्छ । दहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्यलाई पनि धेरै हदसम्म सुधार गर्न सक्छ । दैनिक १–२ कप दही खाँदा मधुमेहको जोखिम कम हुने पनि अध्ययनले देखाएको छ । जर्नल अफ न्यूट्रिशनमा प्रकाशित एक अध्ययनका अनुसार दहीको नियमित सेवनले इन्सुलिन सेन्सेटिभिटीमा सुधार ल्याउन र टाइप २ मधुमेहको जोखिम कम गर्छ । दहीमा पाइने प्रोबायोटिक्सले ग्लुकोज मेटाबोलिज्मलाई नियमित गर्न मद्दत गरेर रगतमा चिनी नियन्त्रण गर्ने अध्ययनको क्रममा पाइएको छ ।

    मधुमेहका बिरामीका लागि पनि दही फाइदाजनक छ । दहीको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत मिल्छ । इन्टरनेशनल जर्नल अफ ओबेसिटीमा प्रकाशित अर्को अध्ययनका अनुसार दैनिक आहारमा दही समावेश गर्नेहरूलाई दही नखानेहरूको तुलनामा टाइप २ मधुमेहको जोखिम कम हुन्छ ।

    धेरै दही खाँदा टाइप २ मधुमेहको जोखिम कम हुन्ने सो अनुसन्धानले देखाएको थियो । अचम्मको कुरा चाँहि के थियो भने अन्य दूधजन्य उत्पादनहरू मधुमेहबाट जोगिन दहीजत्तिको प्रभावकारी साबित भएनन् । दैनिक रुपमा दही खाँदा टाइप २ मधुमेहको जोखिम १८ प्रतिशतसम्म कम हुने अनुसन्धानको क्रममा पाइएको छ ।

    दहीले प्रोबायोटिक्सले इन्सुलिन संवेदनशीलता सुधार गर्दछ र इन्फ्लेमेशन (सुन्निएको) कम गर्न पनि मद्दत गर्दछ । यसका कारण रोगहरुको जोखिम कम हुन्छ । तर, यस सम्बन्धमा थप अनुसन्धान आवश्यक रहेको बताइएको छ । मधुमेह रोक्न दही अचुक वाण भने होइन । 

    आइतवार, बैशाख ३० २०८१०५:२५:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार