बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

त्रिभुवन विश्वविद्यालय सुधारका लागि ५ वटा समिति गठन

त्रिभुवन विश्वविद्यालय सुधारका लागि ५ वटा समिति गठन

मेगा खबर संवाददाता

२५, बैशाख २०८१
  • 1.1K
    SHARES

  • त्रिभुवन विश्वविद्यालय सुधारका लागि ५ वटा समिति गठन

    काठमाडौँ, वैशाख २५ गते, त्रिभुवन विश्वविद्यालय सुधारका लागि विभिन्न ५ वटा समिति गठन गरिएका छन् ।

    त्रिविले उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । उक्त समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन त्रिविलाई बुझाइसकेको छ । प्राडा नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन एवं व्यवस्थापन समिति गठन गरिएको छ । प्राडा भिमसेन देवकोटाको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ ।

    उक्त समितिले त्रिविको दृष्टिकोण २०३० र उपकुलपतिको सोचपत्रबिच तादात्म्यता मिलाई विश्वविद्यालयमा नीतिगत एकरूपता कायम गर्न सुझाव दिनेछ । 

     

    मंगलवार, बैशाख २५ २०८१०४:४९:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार