काठमाडौं, वैशाख ९ गते, ललितपुरका शिक्षक सङ्घ सङ्गठनहरूले पारिश्रमिक कम भएको भन्दै यसपटकको एसइई परीक्षाको उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण नगर्ने घोषणा गरेका छन् ।
आज नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे,नेपाल राष्ट्रिय शिक्षक सङ्घटनका उपाध्यक्ष प्रकाश घिमिरे,प्रगतिशील शिक्षक सङ्घटनका अध्यक्ष गोविन्द चिलवाल र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका सचिव शैलेश प्रधानले संयुक्त रूपमा परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो घोषणा गरेका छन् ।
ध्यानाकर्षपत्रमा उनीहरुले समयानुकूल पारिश्रमिक वृद्धि नभएसम्ममा उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुने जनाएका छन् ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।