बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ३४ हजार अनुत्तीर्ण, ६ हजार मात्रै उत्तीर्ण

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ३४ हजार अनुत्तीर्ण, ६ हजार मात्रै उत्तीर्ण

मेगा खबर संवाददाता

२८, चैत्र २०८०
  • 844
    SHARES

  • कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ३४ हजार अनुत्तीर्ण, ६ हजार मात्रै उत्तीर्ण

    काठमाडौं,चैत २८ गते, ईपीएस काेरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

    उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३१२ जना पास भएका छन् । पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्ममा दोस्रो चरणको परीक्षा हुनेछ । दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

    परीक्षार्थीहरूले आफ्नो तोकिएको परीक्षा मिति,समय,र स्थान परिवर्तन गर्न नसक्ने कार्यालयले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा लिनुपर्ने छ । अन्यथा परीक्षा स्थलमा प्रवेश नगराइने कोरियाले शाखाले जनाएको छ । पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिने भनिएको थियो । ४० हजार जना मात्रै परीक्षामा सहभागी भएका थिए । अब दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ । उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ । तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन् । 

    ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रमा काम गर्न कोरिया जान १ लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका छन् । तेस्रो चरणको परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ को पुस २ गतेसम्म चल्ने ईपीएस कोरिया शाखाले जनाएको छ । 

     

    बुधवार, चैत्र २८ २०८००३:३८:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार