बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ : शिक्षामन्त्री

प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ : शिक्षामन्त्री

मेगा खबर संवाददाता

२४, चैत्र २०८०
  • 838
    SHARES

  • प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ : शिक्षामन्त्री

    काठमाडौं, चैत्र २४ गते, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्ने दोहोर्‍याएकी छिन् । सडक,सदन या सरकार जहाँ हुँदा पनि आफू यो मान्यतामा दृढ रहेको उनले बताइन् । 

    सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को,यो मैले जानेको छैन । राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु । हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा मेरो एउटै धारणा छ,विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ । प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ ।उनले थप भनेकी छिन्–'राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति,सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता हुँदैन । परिणाम आउँदैन । यो सांसदको रूपमा मैले राखेको संशोधन होस् वा आज मन्त्रीको रूपमा मेरो भूमिका । यही हो मेरो धारणा । पदीय जिम्मेवारीसँगै जनतालाई गरेको वाचा बिर्सने छैन,बोली बदल्ने छैन ।

    sumana8787

    शनिवार, चैत्र २४ २०८००१:२५:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार