काठमाडौं, चैत १५ गते, बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचनासमेत गरिएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले बुढानीलकण्ठ स्कुलको छात्रवृत्ति कार्यक्रमबारे भिडियो सार्वजनिक गरेकी छन् ।
भिडियोमा उनले जेहेन्दार बालबालिकाहरूलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा बुढानीलकण्ठ स्कुलमा पढ्न चैत्र २९ गते परीक्षा सञ्चालन गर्न लागिएको बताएकी छन् । उक्त जानकारी सबै माझ पुर्याइदिन समेत उनले अनुरोध गरेकी छन् ।
उनले भिडियोमा भनेकी छन् ।।। आज मैले एकदम एक्साइटिङ न्युज ल्याएर आएकी छु । तपाईंहरू सबै जनालाई भन्नै पर्ने छ । मेरो आग्रह छ अनुरोध छ,सबै नेपालीमा पुर्याइदिनुहोला है । बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गत छात्रवृत्ति परीक्षा सम्बन्धी सूचना छ ।।।। यो लक्षित वर्गसम्म नपुग्न सक्छ । तपाईंहरू सबैले भनिदिनुहोला ।।।।
यसरी एउटा विद्यालयमा मात्रै छात्रवृत्ति कार्यक्रमको भिडियो बनाएको मन्त्री श्रेष्ठको आलोचना भएको हो । शिक्षामन्त्रीले विज्ञापन पढिराख्नुपर्छ र भन्दै प्रश्न गरेका एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्,शिक्षामन्त्रीले विज्ञापन पढिरहनुपर्छ र भन्या ? त्यो पनि के के न ठुलै प्रगति गरे जसरी ? यतिन्जेल सुमना सुमना भन्दै चिच्याउने लन्ठूहरूले अब त केही बुझे कि बुझेनन् ?
अर्का प्रयोगकर्ताले देशभरिको शिक्षा सुधार्नुस्,देशैभरको शिक्षा बुढानिलकण्ड जस्तै बनाउन सुरुवात गर्नुहोस्,यो चैँ चटक भएको बताएका छन् ।
https://fb.watch/r4OJPHQADO/
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।