काठमाडौँ, माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदैछ । चैत १५ गतेदेखि देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् ।
त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नेपाल बाहिर एउटा परीक्षा केन्द्र छ । जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिन लागेका छन् । केही वर्षयता जापानमा पनि एसईई लिँदै आएको छ ।
जापानको एभरेस्ट स्कुलमा नेपाली विद्यार्थीहरू पढ्दै आएका छन् । त्यही स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको हो । उक्त परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्नेछ । परीक्षा नियन्त्रक पौडेलले त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।