बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

मेगा खबर संवाददाता

२४, फाल्गुण २०८०
  • 859
    SHARES

  • नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

    काठमाडौँ, नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू(भागको मौसम मुख्यतया सफा छ ।

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात छ । आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात छ । भोलि भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी  र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात छ ।

    बिहिवार, फाल्गुण २४ २०८००६:५१:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार