मुखबाट आउने दुर्गन्धले हामी मात्रै होइन अरू पनि असहज हुन्छन् । विवाह,पार्टी वा कुनै जमघटमा कुराकानी गरिरहेको समयमा मुखबाट दुर्गन्ध आउनु लाजको कारण बन्न सक्छ ।
तपाईंले पनि प्रायः यस्तै समस्याको सामना गर्नु परिरहेको छ कि? यदि त्यस्तो हो भने जीवनशैलीमा केही परिवर्तन गरेर मुख वा सासको दुर्गन्धबाट बच्न सकिन्छ । आजको यस लेखमा हामीहरू सास गन्हाउने र मुखको दुर्गन्धबाट छुटकारा पाउने उपायहरू सिक्नेछौँ ।
मुखबाट दुर्गन्ध किन आउँछ?
मुख राम्ररी सफा नगर्दा पनि दुर्गन्ध आउँछ । मुखमा अड्किएका खानाका करणहरू रातभरमा ब्याक्टेरिया बन्छन् । यही ब्याक्टेरिया नै दुर्गन्धको कारण बन्छ । खानामा सल्फर वा कीटोन्स भएर पनि दुर्गन्ध आउँछ । सासमा दुर्गन्ध आउनु भनेको शरीरमा कुनै रोग हुनुको सङ्केत पनि हुन सक्छ ।
असर
–व्यक्तिको मानसिक स्थितिमा नराम्रो असर पार्छ ।
–व्यक्ति हीन भावनाको शिकार हुन्छ । अनि एक्लै बस्न थाल्नेछ ।
–व्यक्तिको छवि धूमिल भइदिन्छ ।
–अरू मानिस कुराकानी गर्न वा सम्मुखमा पर्न मान्दैनन् ।
मुखबाट आउने दुर्गन्धबाट छुटकारा पाउन यस्तो उपायहरू अपनाउन सकिन्छ
–दही खानुस् । यसले मुखमा हाइड्रोजन सल्फाइडको स्तर कम गर्छ । दहीमा भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । यसले मुखको दुर्गन्ध भगाउँछ ।
–उच्च फाइबरयुक्त तरकारी र अमिलो फल खानुस् । यसले पनि मुखको दुर्गन्ध हटाउँछ । कागती, सुन्तला र जामुन जस्ता अमिलो फलहरूले मुखको दुर्गन्धसँग लड्छ ।
–सुगर–फ्री चुइङगम पनि मुखको दुर्गन्ध कम गर्न उपयोगी हुन्छन् ।
– पानीको कमी भयो भने मुख सुक्छ अनि यो पनि दुर्गन्धको कारण बन्न सक्छ । पर्याप्त पानी पिउनुस् । मुखमा दुर्गन्ध उत्पन्न गर्ने ब्याक्टेरिया नष्ट हुन्छन् । सास ताजा हुनेछ ।
–खाना खाने बित्तिकै मुख राम्ररी कुल्ला गर्नुस् । मुखमा खानाका कण रहनु हुन्न ।
बारम्बार ब्रस र फ्लसिङ गर्नले मुखभित्र रहेका खानाका कण र प्लाक हटाउन मद्दत मिल्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।