फाईल तस्बिर
काठमाडौं । बुधबार सुनचाँदीको भाउ उकालो लागेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार सुन तोलामा ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, चाँदी पनि बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।