बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यि हुन् भिजाएर खाइने फाइदाजनक खानेकुरा

यि हुन् भिजाएर खाइने फाइदाजनक खानेकुरा

मेगा खबर संवाददाता

२, फाल्गुण २०८०
  • 712
    SHARES

  • यि हुन् भिजाएर खाइने फाइदाजनक खानेकुरा

    काठमाडौँ, बिहान उठेपछि केही चिजको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । केही खानेकुरा यस्ता पनि छन् जसलाई रातभर भिजाएर खाँदा फाइदा हुन्छ । भिजाएपछि यी खाद्य वस्तुको पौष्टिकता बढ्छ । यस्ता खानेकुराको सेवनले दिनभरको थकान हटाउँछ अ नि शरीरलाई ऊर्जा पनि दिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूसँग लड्ने क्षमता प्रदान गर्छ । 

    किशमिस

    किसमिसलाई रातभर भिजाएर बिहान खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसको सेवनले कब्जियतको समस्याबाट छुटकारा पाउनुका साथै पेटलाई स्वस्थ बनाउन मद्दत मिल्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले हामीलाई सङ्क्रमण आदिबाट पनि बचाउँछ ।

    भिजाइएको चना
    भिजाइएको चना खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । रातभर भिजाएर बिहान खाँदा चनाले शरीरलाई दोब्बर शक्ति दिन्छ । यसमा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ । यदि तपाईँले बिहान भिजाइएको वा भिजाएर उमारिएको चना खानु हुन्छ भने तौल घटाउन पनि मद्दत मिल्छ । साथै यसले शारीरिक शक्ति पनि बढाउँछ ।

    भिजाइएको बदाम

    भजाइएको बदाम शरीरमा पौष्टिक तत्त्वको कमीलाई पूरा गर्न उत्तम विकल्प हो । यी खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । बदामलाई रातभर भिजाएर राख्दा यसको पोषण बढ्छ । यस कारण भिजाएको बदाम नियमित खाँदा उच्च रक्तचाप र खराब कोलेस्ट्रोलबाट राहत मिल्छ । यसबाहेक यसले स्मरण शक्ति पनि बढाउँछ ।

    भिजाइएको मुङ

    रातभर भिजाएर राखेपछि भोलिपल्ट बिहान मुङ टुसाउँछ । टुसा आएको मुङको सेवनले पेटको धेरैजसो समस्याबाट मुक्ति मिल्छ । भिजाएको मुङ कब्जियतका लागि निकै प्रभावकारी मानिन्छ ।

    बुधवार, फाल्गुण २ २०८०१२:३८:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार