काठमाडौँ, बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ ।
प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यक पर्ने ९९ कानुनमध्ये ७८ वटा कानून बनेका हुन् । प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ विधेयकमध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । पारित भएका ७८ विधेयकमध्ये ७७ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएका छन् भने एउटा विधेयक प्रदेशसभा सचिवालयमा फिर्ता भएको सचिवालयले जनाएको छ ।
प्रदेशसभामा मूल ऐन ४७ वटा रहेका छन् भने,३१ वटा भने विभिन्न संशोधित ऐन र सालबसाली ऐनहरु रहेका सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार सो अवधिमा २० ऐन संशोधनसहित पारित भएका छन् भने १३ वटा सालबसाली विधेयक पारित भएका छन् ।
प्रदेशसभामा हालसम्म १३ अध्यादेश जारी भएका छन् । १० वटा मात्र प्रतिस्थापन विधेयक दर्ता भएका प्रवक्ता गुप्ताले बताए । उनका अनुसार सो अवधिमा चार वटा अध्यादेशका प्रतिस्थापन विधेयक फिर्ता भएका छन् भने तीन अध्यादेशका प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।