बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जाडोमा हिटर बाल्दा हुन सक्छ यस्ता नोक्सानी

जाडोमा हिटर बाल्दा हुन सक्छ यस्ता नोक्सानी

  • 901
    SHARES

  • जाडोमा हिटर बाल्दा हुन सक्छ यस्ता नोक्सानी

    काठमाडौँ, पुस १७ गते, देशभर नै चिसो बढ्दै गइरहेको छ । जाडोबाट बच्न धेरैले घरमा हिटयसबारेमा पनि समयमै ध्यान पुर्‍याउनु पर्छ । जाडोमा पहिले नै हावा कडा तथा रुखो खालको हुन्छ ।

    यस्तोमा दिनभर वा लामो समय कोठामा हिटर बाल्नुभयो भने हावामा पानीको मात्रा कम हुन्छ जसले गर्दा सुख्खापनको समस्या हुन्छ । हिटरको निरन्तर आउने तातो हावाले तपाईंको छाला सुख्खा हुने तथा चिलाउने समस्या हुन सक्छ । तपाईंको छाला संवेदनशील छ भने दाग तथा रातो धर्सा पनि आउन सक्छन् ।

    केही हिटरहरुले कार्बन मोनोअक्साइड छोड्ने गर्छन् । तपाईंको कोठामा राम्रोसँग हावा पास हुँदैन र रातभर हिटर बालेर सुत्नुहुन्छ भने स्वास्थ्यका लागि एकदमै खतरनाक हुन सक्छ । यस्तोमा स्वासप्रस्वास सम्बन्धी समस्या जस्तै दम,एलर्जी लगायत अन्य गम्भीर समस्या पनि हुन सक्छन् । कतिपयको त ज्यान नै पनि जान सक्छ ।

    तातो कोठामा बस्नु राम्रो तथा आनन्ददायी त हुन्छ तर,तातोबाट तपाईं बाहिर निस्कनु भयो भने चिसो महसुस हुन्छ । जसले गर्दा शरीरमा पटक-पटक तापक्रम परिवर्तन हुँदा रोग प्रतिरोधक क्षमतामा नराम्रो प्रभाव पर्न सक्छ । रुम हिटरबाट उत्पन्न हुने तातो हावामा लामो समय बस्दा आँखामा पनि समस्या देखिन्छ । यसले आँखा पोल्ने,चिलाउने तथा हेर्दा असुविधा हुने खालको समस्या आउँछ ।

     

    मंगलवार, पौष १७ २०८००२:२३:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार