बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेप्सेमा झिनो सुधार

नेप्सेमा झिनो सुधार

मेगा खबर संवाददाता

११, आश्विन २०७७
  • 4.2K
    SHARES

  • नेप्सेमा झिनो सुधार

    फाईत तस्बिर

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से ४.२९ बिन्दुले उकालो लागेर एक हजार ५६५.५५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले वृद्धि भई ३१०.४७ मा पुगेको छ ।

    कूल १९१ कम्पनीको एक करोड ९७ लाख ७२ हजार ३११ कित्ता शेयर रु तीन अर्ब १३ करोड ८२ लाख ४३ हजार ३६१ मूल्यमा खरिद बिक्री भए । लगातार नेप्से उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै रु २१ खर्ब बराबरको भएको छ ।
     
    कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १३.७४, होटल ५१.७१, विकास बैंक १३, वित्त ११.६३ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले वृद्धि भएको छ । यस्तै व्यापार १.९४, जलविद्युत् १३.१, निर्जीवन बीमा ७२.५३, उत्पादन ४४.८१, अन्य १.५४, लघुवित्त ६.६२ र जीवन बीमा ८३.५९ ले ओरालो लागेको छ ।

    कारोबारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा छ । होटल समूहका रहेको सो कम्पनीको आज अप्रत्यासित कारोबार भएको छ । सो कम्पनीको रु ४८ करोड ५६ लाख ५१ हजार ८७९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनी रु १४ करोड २७ लाख ९७ हजार ९७९, कुमारी बैंक रु १३ करोड १५ लाख ५४ हजार ३८४, सिभिल बैंक रु ११ करोड १० लाख १२ हजार ९३१, नेपाल पुनर्बीमा कम्पनी रु नौ करोड एक हजार ४१५ र अपि पावर कम्पनीको रु आठ करोड ६५ लाख ९७ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।
     
    कारोबारका आधारमा आज वेस्ट फाइनान्स कम्पनी ९.९२, माउण्टेन हाइड्रो नेपाल ९.६८, नेपाल फाइनान्स ९ृ.५५, रैराङ हाइड्रो पावर कम्पनी ९.५२, घलेम्दी हाइड्रो पावर ९.४७, बरण हाइड्रो पावर ९.४० र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतले कमाए । यस्तै, यूनिलिभर नेपाल ७.११, यूनाइटेड मोदी हाइड्रोपावर ५.२६, यूनाइटेड फाइनान्स ४.९६, रिडी हाइड्रोपावर ४.५२ र गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए

    आइतवार, आश्विन ११ २०७७०७:०३:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार