काठमाडौं । नेपाली जनमानसमा नै वैदिक तथा ज्योतिश शास्त्रका विभिन्न विषयमाथि रहेर विश्वासहरु हुँदै आएका छन् । आफ्नै खालका रितिरिवाज, चालचलन, सस्कृती, विश्वासहरु रहेका छन ।
आज, शनिबार । यो दिनलाई भगवान शनिको दिन मानिँदै आएको छ । आजको दिनलाई भोजन गर्दा समेत सावधानी अपनाउनपर्ने दिनको रुपमा लिइन् । कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।
हेर्नुस् केके कुरामा ध्यान दिने
–सादा दूध र दही शनि देवताले मन पराउँदैनन् । तर खानैपरे त्यसमा हल्दी अथवा अलिकति गुड मिलाउनुपर्छ ।
–शनिवारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ । तर मुसुरोको दाल खानबाट बच्नुहोस् । मुसुरोको दाल मंगलबाट प्रभावित हुन्छ ।
–आँपको अचार खानुहुन्छ भने शनिवारको दिन त्यसलाई टाढै राख्नुहोस् । शनिको प्रकोपबाट बच्न आँपको अचार नखानुहोस् ।
–शनिवारको दिन रातो खुर्सानी पनि खाना हुँदैन । रातो खुर्सानी खाँदा शनिदेव रिसाउँछन् भन्ने बिश्वास गरिन्छ।
–शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदाहुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।
–शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।
–शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन ।
–नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।
–काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ ।
–शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।
–शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न उपयुक्त हुँदैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।