काठमाडौं, आइरन हाम्रो शरीरका लागि निकै जरुरी रसायनिक तत्व हो । शरीरमा पर्याप्त मात्रामा रक्त कोषिकाहरूको निर्माणमा यसले मद्दत पुर्याउँछ । यसले रगतमा होमोग्लोबिन भनिने प्रोटिन बनाउने काम पनि गर्छ । फोक्सोबाट अक्सिजनलाई रगतको माध्यमबाट शरीरका सबै अंगहरुमा पुर्याउने काम होमोग्लोबिनले गर्छ ।
पुरुषको तुलनामा महिलाहरूमा आइरनको कमी धेरै भेटिन्छ । शरीरमा आइरन अभाव भएपछि कयौँ खालका लक्षणहरू देखिन थाल्छन् । तर प्रायः मानिस यस्ता लक्षणलाई वेवास्ता गरिदिन्छन् । धेरै जसो महिलाहरुले गर्भावस्थामा आइरनको अभावको सामना गर्छन् । मासिकश्रावका कारण पनि महिलाका शरीरमा आइरनको स्तर कम हुन थाल्छ ।
शरीरमा आइरनको पूर्ति कसरी गर्ने त?
१९ देखि ५० वर्षका महिलाहरुले हरेक दिन १८ मिलीग्राम आइरन सेवन गर्नु पर्ने डाक्टहरू बताउँछन् । तर सोही उमेरका पुरुषहरूलाई ८ मिलिग्राम मात्रै आइरन भए पुग्छ । गर्भवति वा स्तनपान गराइरहेका महिला,किड्नीका बिरामी, अल्सर, ग्यास्ट्रोइन्टेस्टाइनल डिसअर्डर,वेट लस सर्जरी, धेरै व्यायाम गर्ने अनि शाकाहारीलाई पनि बढी मात्रामा आइरन सेवन गर्न भनेर सल्लाह दिने गरिएको छ ।
आइरन पाइने खानेकुराहरू पर्याप्त मात्रामा सेवन नगर्नु वा शरीरले आइरनलाई राम्रोसँग सोस्न नसक्नु आदिका कारण पनि शरीरमा आइरनको कमी हुन सक्छ । त्यसैले आइरन पर्याप्त पाइने खानेकुरा खानु डाक्टरहरु सुझाउँछन् । शरीरमा आइरनको कमी पूरा गर्न लिन सिमी,दाल, तोफु,पालुंगोको साग,ब्रोकाउली आदि खान उनीहरुको सुझाव छ ।
भिटामिन सीयुक्त खानेकुरा पनि खानुपर्छ । तपाईंले आइरन पर्याप्त मात्रामा पाइने खानेकुराहरुको साथमा भिटामिन सीको पनि सेवन गर्दा शरीरलाई आइरनलाई शोस्न मद्दत मिल्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।