बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

मेगा खबर संवाददाता

७, आश्विन २०७७
  • 2.1K
    SHARES

  • सुनको मूल्य घट्यो

    फाईल तस्बिर

    काठमाडौं । बुधवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै  छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि मंगलवार पनि सुनको मूल्यमा तोलामा १७ सय रुपैयाँले घटेकोे थियो । मंगलवार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    बुधवार चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आइरहेकाले त्यसको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीको भनाइ छ ।

    बुधवार, आश्विन ७ २०७७०१:५८:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार