बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यि प्रदेशमा भारी वर्षाको सम्भावना

यि प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

२९, भाद्र २०८०
  • 949
    SHARES

  • यि प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल  भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

    लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशका केही स्थानहरूमा साथै कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा छ ।

    आज राति भने बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

     

    शुक्रवार, भाद्र २९ २०८००६:३३:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार