बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

मेगा खबर संवाददाता

६, आश्विन २०७७
  • 1.8K
    SHARES

  • घट्यो सुनको भाउ

    फाईल तस्बिर

    काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन १ हजार ७ सय रुपैयाँ नजिकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुन प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    जुन अघिल्लो दिनको तुलनामा १ हजार ७ सय रुपैयाँले कम हो । सोमवार छापावाल सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    मंगलवार तेजाबी सुन प्रति तोला  ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार भने यस्तो सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    मंगलवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलवार, आश्विन ६ २०७७१२:१०:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार