काठमाडौं, साउन ३२ गते काठमाडौँ महानगरपालिकाले साउन २० गते सञ्चालित छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको संशोधित नतिजासहितको प्रथम भर्ना सूची प्रकाशित गरेको छ ।
बुधवार महानगरपालिकाले संशोधित नतिजासहितको प्रथम भर्ना सूची प्रकाशित गरेको हो । सो परीक्षाको अन्तिम योग्यताक्रमको सूचीका आधारमा परीक्षाथीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थाको प्राथमिकता निर्धारण गर्न साउन २७ गतेसम्मको सयम प्रदान गरेको थियो ।
सोही समयमा प्राथमिकता निर्धारण गरेका उम्मेदवारहरुको योग्यताक्रम र प्राथमिकताका आधारमा साउन २९ गते प्रकाशन भएको प्रथम भर्ना सूचीमा चित्त नबुझी प्राप्त निवेदनउपर कारबाही हुँदा कायम हुन आएको संलग्न बमोजिमको संशोधित नतिजासहितको प्रथम भर्ना सूची प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ ।
तपसिल बमोजिमको भर्ना तालिका अनुसार तोकिएको शिक्षण संस्थामा भर्ना हुन महानगरपालिकाले सूचित गरेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।