मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

अनुहार चम्किलो बनाउन के गर्ने :छाला रोग विशेषज्ञ डा.श्रुजना श्रेष्ठ

अनुहार चम्किलो बनाउन के गर्ने :छाला रोग विशेषज्ञ डा.श्रुजना श्रेष्ठ

मेगा खबर संवाददाता

२८, श्रावण २०८०
  • 1.4K
    SHARES

  • अनुहार चम्किलो बनाउन के गर्ने :छाला रोग विशेषज्ञ डा.श्रुजना श्रेष्ठ

    काठमाडौँ, साउन २८  गते, अनुहारमा चाउरीपना देखिनुका धेरै कारण छन् । त्योमध्ये पहिलो त उमेर नै हो। उमेर बढेसँगै छाला तन्किने क्रम घट्दै जान्छ ।जसले गर्दा छालामा लाइन देखिँदै जान्छ । अर्को कारण चर्को घाम हो। चुरोट सेवन लागयतले पनि चाँडै छाला चाउरी पर्छ ।

    आफ्नो आनीबानीले धेरै प्रभाव पारेको हुन्छ। समयमा खाना खाने, समयमै सुत्ने, स्वस्थ खाना खाने अनि व्यायाम गर्ने भएमा छालाको चाउरीपना कम हुन्छ । छालाको हेरचाह पनि गरियो भने छालामा चमक आउने हुन्छ । छाला चाउरी पर्ने कारण उमेर मात्रै होइन । शरीरमा पौष्टिक तत्वको कमी भयो, तनाव धेरै भयो भने उमेरभन्दा चाँडै छाला चाउरी पर्छ ।

    चाउरीपना भनेको प्राकृतिक प्रक्रिया हो। तर यसलाई आफ्नो आनीबानीले ढिलो बनाउन सकिन्छ ।

    उपचार गरेर पनि छालाको चाउरीपना कम गर्न सकिन्छ। त्यस्तै भइसकेको चाउरीपनलाई हटाउने समेत प्रविधि छन् ।

    चाउरीपना रोक्ने सबैभन्दा महत्वपूर्ण सनस्क्रिन क्रिम हो । यसको प्रयोग सधैं गर्नुपर्छ। क्रिमको प्रयोगले मात्रै पनि छालाको चाउरीपना रोक्न धेरै सहयोग गर्छ । घाम नलागेको बेलामा घामको असर पर्दैन भन्ने लाग्छ तर त्यस्तो हुँदैन । घरमै बस्दा पनि सनस्क्रिन क्रिम लगाउनु पर्छ । सकेसम्म २२ घण्टामा यसको प्रयोग गर्नुपर्छ। तर बिहान लगाएर दिनभरी हुन्छ भन्ने होइन ।

    आफ्नो अनुहार चम्किलो देखाउन सबैलाई मन हुन्छ। त्यसको लागि खानपिन, व्यायाम र रहनसहनमै ध्यान दिनुपर्छ । समय समयमा छाला रोग विशेषज्ञकहाँ देखाउनु पर्छ । त्यस्तो गरियो भने आफ्नो लागि कुन खालको क्रिम मिल्छ भन्ने थाहा हुन्छ । अनुहारको दाग,चाउरीपना लगायतका समस्याको उपचार गर्नका लागि जुनसुकै ब्युटी पार्लर गएर हुँदैन । यसले शरीरलाई थप हानी समेत गर्छ । छाला रोग विशेषज्ञ डा.श्रुजना श्रेष्ठ एब्सोल्यूट एस्थेटिक महाराजगंज 

    आइतवार, श्रावण २८ २०८०१२:२९:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार