बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

यस कारण १९ स्कुलका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

यस कारण १९ स्कुलका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

मेगा खबर संवाददाता

३१, आषाढ २०८०
  • 913
    SHARES

  • यस कारण १९ स्कुलका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

    मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक स्कुलका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन् ।

    राजीनामा दिनेहरूमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू छन् । प्रधानाध्यापकहरूले सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ ।

    'सहमति विपरीतको सरूवा सजाय हो भन्ने महसुस गरी यो अन्यौलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ,' राजीनामा पत्रमा उल्लेख छ ।

    स्कुलको गुणस्तर सुधारका नाममा गाउँपालिकाले बिनाकारण प्रधानाध्यापकको सरूवा गर्न खोजेपछि सामूहिक राजीनामा दिन बाध्य भएको एक प्रधानाध्यापकले बताए । उनका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन् । 

    यता मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरूवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए । उनले शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे ।

    'अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो। हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौं । प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरूवा हुनुहोस् भनेका हौं। उहाँहरूले नमानेपछि हामीले सरूवा गर्न खोजेका हौं,अध्यक्ष कालाखेतीले भने ।

    पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार रूपैयाँ पुर्‍याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए । शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ । यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो । सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौं । तर कसैले मान्दिनँ भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौं,अध्यक्ष कालाखेतीले भने,

    आइतवार, आषाढ ३१ २०८००६:४२:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार