बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यस्तो अवस्थामा खानु हुँदैन गोलभेँडा ?

यस्तो अवस्थामा खानु हुँदैन गोलभेँडा ?

मेगा खबर संवाददाता

१६, आषाढ २०८०
  • 1.6K
    SHARES

  • यस्तो अवस्थामा खानु हुँदैन गोलभेँडा ?

    गोलभेँडा बिना तरकारीको स्वाद र रङ नै खल्लो हुन्छ । गोलभेँडा सबैमा मिल्ने तरकारी हो । यसलाई सलाद बनाएर पनि खान सकिन्छ । यसबाहेक, गोलभेँडाको अचार असाध्यै स्वादिलो हुन्छ । एक तरिकाले भन्ने हो भने गोलभेँडा जीवनको एक महत्त्वपूर्ण अंश हो । तर गोलभेँडाले केही परिस्थितिमा हानिसमेत गर्छ ।

    के अर्थराइटिसको दुखाई बढाउँछ ?

    डा. प्रियंका रोहतगीले गोलभेँडामा पाइने तत्त्व पानीमा घुलनशील हुने भएकोले यसलाई सीमित मात्रामा सेवन गर्दा कुनै हानि नहुने बताएकी छिन् । तर यदि तपाईंले टमाटरबाट बनेको जुस, अचार आदि धेरै खानुभयो भने यसले हानि पु¥याउन सक्छ । डा ।  प्रियंकाका अनुसार यदि कसैलाई पहिला देखि नै जोर्नी दुख्न समस्या छ र उनीहरुले दूध, दही, पनिरको माध्यमले बढी क्याल्सियम पनि लिइरहेका छन्, उनीहरूको जोर्नी दुखाई बढ्न सक्छ । तर यदि सीमित मात्रामा यसको सेवन गर्ने हो भने यसले खासै केही हानी गर्दैन । 

    ग्यासको समस्या बढ्छ

    डा. प्रियंका रोहतगी भन्छिन्, ‘गोलभेँडाको प्रकृति एसिडिक हुन्छ । यसमा मेलिक र साइट्रिक एसिड हुन्छ । यदि गोलभेँडा धेरै खानुभयो भने छाती पोल्ने र एसिड रिफलेक्सजस्तो समस्या हुनसक्छ । पहिलादेखि नै ग्यासको समस्या हुनेहरूलाई गोलभेँडाले थप समस्या निम्त्याउन सक्छ । कसैले पनि बिहान खाली पेटमा गोलभेँडा खानु हुँदैन ।

    के एलर्जीको समस्या बढाउँछ ?

    यो कुरा पनि पूर्ण रूपमा सही होइन । जसलाई पहिला नै छालासम्बन्धी समस्या छ, उनीहरुले धेरै नै गोलभेँडा खान्छन् भने डाबरको समस्या हुनसक्छ । यदि कसैलाई पहिलादेखि नै लाइकोपेनडर्मिया छ भने धेरै गोलभेँडा खाँदा यो समस्या बढ्न सक्छ । 

    के मिर्गौलाको पत्थरी हुनसक्छ ?

    डा । प्रियंकाका अनुसार गोलभेँडामा अक्सिलेटको मात्रा निकै कम हुने भएकोले मिर्गौलामा पत्थरी हुन सक्छ भन्ने कुरा ठिक होइन । यदि कसैले आवश्यकताभन्दा बढी गोलभेँडा खान्छ भने उसको मिर्गौला मात्र होइन अन्य कुराको पनि समस्या हुनसक्छ । हामीले सबै कुरा सन्तुलन गरेर खान्छौँ र पर्याप्त मात्रामा पानी पिउँछौँ भने गोलभेँडा खाँदा मिर्गौला पत्थरी हुँदैन । 

     

     

     

    शनिवार, आषाढ १६ २०८००७:३२:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार