बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्यालय बन्द गर्छौ बरु, महानगरको निर्देशन अनुसारको शिक्षकलाई तलब दिन सक्दैनौ : प्याब्सन

विद्यालय बन्द गर्छौ बरु, महानगरको निर्देशन अनुसारको शिक्षकलाई तलब दिन सक्दैनौ : प्याब्सन

मेगा खबर संवाददाता

१५, आषाढ २०८०
  • 1.1K
    SHARES

  • विद्यालय बन्द गर्छौ बरु, महानगरको निर्देशन अनुसारको शिक्षकलाई तलब दिन सक्दैनौ : प्याब्सन

    काठमाडौं, असार १५ गते, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) को काठमाडौं महानगर कमिटीले विद्यालय बन्द गर्ने चेतावनी छ ।

    सरकारले कुनै सुविधा नदिएको अवस्थामा एकाएक निजी विद्यालयले सरकारीसरह तलब दिनुपर्ने भन्दै सार्वजनिक गरेको अपिलले निजी विद्यालय समस्यामा परेको प्यब्सनको महानगर कमिटीले यस्तो चेतावनी दिए । मेयर साहले हिजो सामाजिक सञ्जालमार्फत सरकारले तोके अनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध गरेका छन् ।

    मेयर साहको भनाइ आएको २४ घण्टा नबित्दै ब्याब्सन महानगर कमिटीका पदाधिकारीले कामपा शिक्षा विभागका कर्मचारीहरूलाई भेटी कामपाले निर्देशन दिए अनुसारको तलब दिन नसकिने बताएको छ । प्याब्सन महानगर किमिटीका अध्यक्ष ज्ञानबहादुर महर्जनले भने,बरु विद्यालय बन्द गर्नेछौ,कामपाले जारी गरेको निर्देशन पालन गर्न सक्दैनौं । कामपाको शिक्षा समितिको निजी विद्यालयको तर्फबाट प्रतिनिधि रहेका महर्जनले अति विशिष्ट,विशिष्ट र ‘क’ वर्गका विद्यालयले सरकारले तोकेभन्दा पनि बढी तलब दिए पनि अन्य विद्यालयले दिन नसक्ने बताए ।

    उनले भने,कम्पनी ऐनले तोके अनुसार तलबको व्यवस्था गरिरहेको छौं,सरकारीसरह उपलब्ध गराउन सक्दैनौं । उनले शिक्षकको तलब सरकारीसरह कायम गरे महानगरका करिब २ सयभन्दा बढी विद्यालय बन्द हुने जिकिर गर्दै प्रश्न गरे,मासिक २ हजार देखि ५ हजार रुपियाँ शुल्क लिएर पढाइरहेका विद्यालयले कसरी सरकारीसरह तलब दिन सक्छ ? कामपाको निर्णयमा प्याब्सन ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउँदै प्याब्सन अध्यक्ष डीके ढुंगानाले कामपाको निर्णयको विषयमा राय सुझाव लिएर मात्र सार्वजनिक अपिल गर्ने जानकारी दिए ।

    महानगरका संस्थागत विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेकोले सोही आधारमा कानुनलाई टेकेर मेयर साहले निर्देशन दिएको महानगरको भनाइ छ । हाल कामपाभित्र ५ सय ४ वटा निजी विद्यालय सञ्चालित छन् । तीमध्येमा झण्डै ३ सय विद्यालयले न्युन शुल्कमा पढाइरहेको प्याब्सनको भनाइ छ ।

    एन प्याब्सन महानगर कमिटीका अध्यक्ष भीष्म पाण्डेले विशिष्ट र ‘क’ वर्गका विद्यालयले सरकारी स्केलसरहको तलब उपलब्ध गराउन सकेपनि अन्य विद्यालयले नसक्ने बताए । उनले महानगरको यो निर्णयले धेरै विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको स्पष्ट पार्दै भने,यस विषयमा चाँडै बैठक बसेर निर्णय गर्नेछौं, महानगरको यो निर्णयलाई एन प्याब्सन केन्द्रले गम्भीर रूपमा हेर्ने अपेक्षा गरेका छौं ।

     

    शुक्रवार, आषाढ १५ २०८००५:३६:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार