बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फोरजी विस्तारको गति निकै ‘सुस्त’

फोरजी विस्तारको गति निकै ‘सुस्त’

मेगा खबर संवाददाता

४, आश्विन २०७७
  • 2.8K
    SHARES

  • फोरजी विस्तारको गति निकै ‘सुस्त’

    काठमाडौँ – विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ । 

    पहिलोपटक २०७३ पुस १७ गते नेपाल टेलिकमले काठमाडौँ उपत्यका र पोखरामा एकैपटक सुरु गरेर नयाँ पुस्ताको फोरजीको नेपालमा औपचारिक प्रवेश गराएको थियो ।

    त्यसयता फोरजी सेवा विस्तारका लागि नेपालका तीनवटा दूरसञ्चार सेवा प्रदायकले यसमा अर्बौं लगानी गरे तर तथ्याङ्कले भने फोरजी प्रविधिका लागि गरिएको अर्बौं लगानीको प्रतिफल अझै लिन नसकेको देखिन्छ । उच्च गतिको मोबाइल इन्टरनेट सुविधासहितको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’ छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७६र७७ मा नेपालमा जम्मा छ लाख २२ हजार मात्र फोरजी ग्राहक थपिएका छन् । फोरजीको यस्तो विस्तार पनि समान छैन । 

    फोरजी विस्तारकै लागि करिब २० अर्ब रुपियाँ खर्चिएको नेपाल टेलिकमले गत आवमा जम्मा २६ ग्राहक मात्र थप गर्न सकेको छ । फोरजी सेवा सुरु गरेको तीन वर्ष आठ महिनाको यो अवधिमा टेलिकमका जम्मा आठ लाख ४४ हजार मात्रै फोरजी ग्राहक छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् । 

    आइतवार, आश्विन ४ २०७७०६:३६:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार