काठमाडौँ, असार ६ गते माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ-संस्थाबाट आवेदन माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसएमएस,आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भनेको हो ।
आवेदन दिने संस्था वा कम्पनीले आफूले जानकारी दिन चाहेको सेवाको विवरण खोल्नुपर्ने जनाइएको छ । एसएमएसबाट सूचना दिनका लागि ४० हजार,वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार,एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस,आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।