काठमाडाैँ, असार २ गते हेटौंडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०८१ का लागि दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको छ ।
शनिबार आयोजित १३औं नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे । उनले आगामी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न शीर्षकअन्तर्गत अनुदानबाट तीन करोड ३४ लाख ६८ हजार रुपैयाँ, संघीय सरकारको अनुदानबाट एक अर्ब १४ करोड ५० लाख रुपैयाँबाट ब्यहोरिने जानकारी दिए ।
उपप्रमुख बानियाँले क्षेत्रगत रुपमा नगरभित्रका विकासका लागि बजेट प्रस्तुत गरेका थिए । उपप्रमुख बानियाँले सभामा नगरको प्रगति समीक्षा गर्दै चालु आवमा तीन अर्ब ३३ करोड १३ लाख ४५ हजार रुपैयाँ संशोधित स्वीकृत अनुमान गरेकामा हालसम्म एक अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ रुपैयाँ राजस्व तथा अनुदान संकलन भएको जानकारी दिए । उनका अनुसार बजेट तथा खर्चको विवरण अन्तर्गत चालुतर्फ एक अर्ब ५६ करोड ५८ लाख ५७ हजार रुपैयाँ विनियोजन भएकामा एक अर्ब सात करोड ६६ लाख ७० हजार रुपैयाँ खर्च भएको छ ।
उपप्रमुख बानियाँले पूँजीगततर्फ कूल एक अर्ब ६५ करोड ३९ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन भएकामा हालसम्म ७० करोड ७९ लाख १३ हजार रुपैयाँ खर्च भएको बताए । वित्तीय व्यवस्थातर्फ एक करोड १५ लाख रुपैयाँ विनियोजन भएकामा ८५ लाख ६५ हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।