बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बाल उद्दार घटना राजनीतिकरण भएको आरोप 

बाल उद्दार घटना राजनीतिकरण भएको आरोप 

  • 2.5K
    SHARES

  • बाल उद्दार घटना राजनीतिकरण भएको आरोप 

    काठमाडौ, जेठ २७ गते, कपन बाल उद्दार मा.वि.मा भएको बालक कुटपिट घटना राजनीतिकरण भएको विध्यालयका प्राध्यापक विनोद पन्डितले आरोप लगाएका छन् ।

    यहि जेठ २२ गते करारमा रहेका शिक्षक सौरभ श्रेष्ठ, रोशन श्रेष्ठ, र उदय कार्कीले १० मा अध्यनरत बालक अनिश लामिछाने माथि कुटपिट गरेको घटनालाई सामान्य रुपमा लिदै प्रध्यानध्यापक पन्डितले घटनालाई विषयान्तर गरि राजनितिककरण भएको भन्दै ढाकछोप गर्न खोजेका छन् । तर प्रध्यानध्यापक पन्डितले लगाएको आरोप पुष्टि हुने आधार भने देखिदैन ।

    घटनाका पिडित बालकका परिवारले कुटपिटमा संलग्न शिक्षकहरु बिरूद्व स्थानिय प्रहरी र बुढानिलकण्ठ नगरपालिकामा समेत उजुरी दिइसकेका छन् । नगरपालिकाले घटनालाई गम्भिर रुपमा लिदैँ छानबिन समिति गठन गरिसकेको नगर पालिकाका मेयर मिठाराम अधिकारिले मेगाखबरलाई जानकारी दिए । उनले घटना अमानविय रुपमा भएको हुदा यसलाई राजनितिकरणको आरोप लगाएर कुनै पनि पक्ष पन्छिन नपाउने बताए । 

    पिडित लामिछानेले कपन चौकीमा दिएको उजुरीको आधारमा कुटपिटमा संलग्न रहेका शिक्षकहरुलाई नियन्त्रणमा लिन खोज्दा सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । 

    शनिवार, जेठ २७ २०८००९:२८:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार