काठमाडौँ, जेठ २४ गते काठमाडौँ महानगरपालिकाका २०८ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण बुझाएका छन् ।
शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी नामावली पेस गर्न जेठ २३ गतेसम्मको समय सीमा तोकिए अनुसार ती विद्यालयले महानगरको शिक्षा विभागमा विवरण पेस गरेका छन् ।
महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति भने रद्द गर्ने चेतावनी दिएको छ । आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख गरिएको छ ।
विवरण बुझाउनेको सूची हेर्नुहोस्






मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।