काठमाडौँ, जेठ २३ बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषय शिक्षकको रूपमा काम काज गराउने विद्यालय कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा कामकाज गर्न लगाउँदै आएको अनुगमन र निवेदन मार्फत जानकारी पाएको भन्दै कार्य रोक्न निर्देशन दिएको हो ।
स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई सोही कार्यविधि अनुसार कार्य गर्न गराउन अनुरोध छ । विज्ञप्तिमा उल्लेख छ । एक विद्यालय एक नर्स कार्यक्रम २०७८ कार्यविधिको दफा ४० बमोजिम विद्यालय नर्सलाई शिक्षकको रूपमा काम लगाउन नहुने उल्लेख छ ।
एक विद्यालय एक नर्स कार्यक्रम आ.व. २०७९÷८० सम्ममा ११९ वटा स्थानीय तहका ५१९ वटा विद्यालयमा लागु समेत भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।