काठमाडाैँ, जेठ १७ गते बागमती प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश सरकाको आगामी आर्थिक वर्ष २०८००८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका लागि बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
बैठकमा सरकारले सार्वजनिक गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि सांसदहरुले धारणा र संशोधन प्रस्ताव राख्ने छन् । संसद् सचिवालयले मंगलबार साँझसम्म संशोधन प्रस्ताव हाल्न समय उपलब्ध गराएको थियो । उक्त संशोधन प्रस्तावहरू माथि पनि संसद् बैठकमा छलफल गरिने सचिवालयको भनाई छ । प्रदेशसभा बैठक बस्नु अघि बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
कार्य व्यवस्था बैठकले सदनको कार्यसूची निर्माण गर्नेछ । कार्य व्यवस्था बैठकले नीति तथा कार्यक्रमको प्रकृति र प्रक्रिया निर्धारण गर्ने छ भने दलीय हैसियतमा छलफलका लागि सांसदहरूको समय निर्धारण गर्नेछ । प्रदेशसभाको गत जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । उक्त बैठकमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।