काठमाडाैँ, बैशाख २६
आजदेखि शुरु भएको कक्षा १२ को परीक्षामा सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा दिइने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले जनाएको छ ।
परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले नेपालीमा मात्रै प्रश्न सोधिने जानकारी दिएका छन् । उनले भने ‘पोहोर कस्तो आएको थियो त्यस्तै आउँछ अर्थात नेपालीमा मात्रै प्रश्न आउँछ । यसअघि कार्यालयले सुझाव लिनको लागि भन्दै नेपाली अंग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि शिक्षकहरुले विरोध गरेका थिए । सामाजिक अध्ययन विषयका शिक्षकहरुले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरेर विरोध जनाएका थिए ।
अहिले विदेशी विद्यार्थीहरुको लागि तयार पारिएको प्रश्नपत्र भएको नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए । उनले भने, ‘विदेशी विद्यार्थीको लागि तयार पारेका थियौं । फरक फरक नराखेर एकै ठाउँमा राखिएको थियो।’ अहिले नेपालमा कत्ति विदेशी परीक्षार्थी छन् भन्ने तथ्यांक समेत नभएको उनले बताए ।
उनले भने ‘अब विद्यालयले माग गरेको अवस्थामा पठाउँछौं । कत्ति विदेशी विद्यार्थी छन् यकिन छैन । छपाई गर्नुपर्ने भएको भए त्यहि संख्याको आधारमा छाप्नुपर्ने भएकाले थाह हुन्थ्यो ।’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।