बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कक्षा १२ को परीक्षा तयारी अन्तिम चरणमा

कक्षा १२ को परीक्षा तयारी अन्तिम चरणमा

मेगा खबर संवाददाता

२४, बैशाख २०८०
  • 970
    SHARES

  • कक्षा १२ को परीक्षा तयारी अन्तिम चरणमा

    काठमाडाैँ, बैशाख २४

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाका लागि ४ लाख ६७ हजार ३८९ विद्यार्थीले फाराम भरेका छन् ।

    परीक्षाको तयारी अन्तिम चरणमा पुगिसकेको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा केन्द्र तोक्ने काम पुरा भएको बताए । केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्ने लगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको छ । टेक्निकल काम बाहेकका अन्य काम पुरा भइसकेको अध्यक्ष शर्माले बताए ।

    यो वर्ष ५६ हजार भन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षा दिन लागेका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएका थियो त्यक्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । यसअघि ३ वा सोभन्दा बढी विषयमा नन ग्रेडेड अर्थात एनजी ल्याएका विद्यार्थीले यो वर्ष पुरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा मन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय गरेको थियो । ‘दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरे । ती विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ ।

    यसअघि ६ वटै विषयमा फाराम भरेपनि जति विषयमा एनजी आएको छ त्यक्तिकै परीक्षा दिनुपर्छ । अध्यक्ष डा.शर्माले भने, परीक्षा फाराम भर्दा ६ वटै विषय भरे पनि जुन विषयमा एनजी आएको छ ती विषयको मात्र परीक्षा दिनुपर्नेछ ।

     

    आइतवार, बैशाख २४ २०८००४:०२:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार