बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

मेगा खबर संवाददाता

१२, बैशाख २०८०
  • 901
    SHARES

  • कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    काठमाडौं, वैशाख १२

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२७३७४७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।

    परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । त्यसपछिको रजिष्ट्रेशन नम्बर भएका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्नेछ । बोर्डले पुराना विद्यार्थीको हकमा मात्र परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको हो । कक्षा ११ को नियमित तर्फ जसको रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ८० हुनेछ उनीहरूको परीक्षा विद्यालयमै गरिनेछ ।

    त्यस्तै रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७७७८ र ७९ भएका विद्यार्थी जो परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीको हकमा विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्ने बोर्डले जनाएको छ ।  

    परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न बोर्डले सूचित गरेको छ । ति परीक्षाहरू जेठ १५ गतेदेखि असार १५ गतेभित्र गर्नुपर्नेछ । विद्यालयहरूले आफ्नो अनुकूलतामा परीक्षा सञ्चालन गरी मूल्याङ्कन,नतिजा प्रकाशन एवं ग्रेडसिट प्रदान गर्नुपर्नेछ । 

      

    मंगलवार, बैशाख १२ २०८००४:४७:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार