बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

त्रिभुवन विश्वविद्यालयको परीक्षा सर्‍यो

त्रिभुवन विश्वविद्यालयको परीक्षा सर्‍यो

मेगा खबर संवाददाता

८, बैशाख २०८०
  • 817
    SHARES

  • त्रिभुवन विश्वविद्यालयको परीक्षा सर्‍यो

    काठमाडौँ,  वैशाख  ८

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ ।

    वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहीबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको उनले बताए ।

    उनका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो ।

    वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उनले बताए । 

    शुक्रवार, बैशाख ८ २०८०१२:५१:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार