बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्यालयले किताब र पोसाक बेचे दण्डित गरिन्छ : मेयर शाह

विद्यालयले किताब र पोसाक बेचे दण्डित गरिन्छ : मेयर शाह

मेगा खबर संवाददाता

२६, चैत्र २०७९
  • 886
    SHARES

  • विद्यालयले किताब र पोसाक बेचे दण्डित गरिन्छ :  मेयर शाह

    काठमाडाैँ,चैत २६ गते

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन् । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताए ।

    ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाक सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक-पटक आइरहेको छ,मेयर शाहले भने, यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको उनले स्मरण गराएका छन् ।

    मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिका अनुसार काम गर्न अनुरोध गरे । किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले चैत १७ मै परिपत्र गरेको थियो । किताब बेच्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी रहेको छ । 

    आइतवार, चैत्र २६ २०७९०३:०३:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार