बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाडौं महानगरमा २०८० सालमा २२४ दिन विद्यालय खुल्ने

काठमाडौं महानगरमा २०८० सालमा २२४ दिन विद्यालय खुल्ने

मेगा खबर संवाददाता

२३, चैत्र २०७९
  • 1.2K
    SHARES

  • काठमाडौं महानगरमा २०८० सालमा २२४ दिन विद्यालय खुल्ने

    काठमाडौँ, चैत्र २३

    काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर अनुसार शैक्षिक सत्र २०८० मा २२४ दिन विद्यालय खुल्नेछ ।

    महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन महानगरपालिकाले विद्यालयहरुलाई आग्रह गरेको छ ।

    कार्यतालिका अनुसार बैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु हुनेछ । गर्मी विदा ८ दिन (असार २२ देखि २९ गतेसम्म), प्रथम त्रैमासिक मूल्याङ्कन (साउन २५ देखि भदौ १ गतेसम्म), असोज २८ गतेदेखि मंसिर १ गतेसम्म, दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन पुस १ गतेदेखि ११ गतेसम्म रहेको छ ।

    जाडो विदा पुस १९ गतेदेखि माघ ५ गतेसम्म १९ दिन, अन्तिम मूल्याङ्कन चैत १ गतेदेखि ९ गतेसम्म, चैत १० गतेदेखि अर्को शैक्षिक सत्र सुरु हुने दिनसम्म चालु शैक्षिक सत्रको मूल्याङ्कन, नतिजा प्रकाशन र समीक्षा गरी आगामी शैक्षिक सत्रको लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण, कक्षाकोठना व्यवस्थापन लगायतको तयारी गर्नुपर्ने छ । शैक्षिक सत्र २०८० मा ५ दिन विद्यालयहरु आफैंले आवश्यकता अनुसार विदा दिन सक्नेछन् ।

    बिहिवार, चैत्र २३ २०७९०४:१६:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार