काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भीरबाट लडेर मृत्यु भएकी महिलाको बालबच्चाको शिक्षादिक्षाको व्यवस्था वडाध्यक्षले गर्ने भएका छन् । गत २५ भदौमा जुगल–५ की सन्च माया तामाङको भीरबाट लडेर मृत्यु भएको थियो । उनको तीन बालबच्चाको शिक्षाको सम्पूर्ण जिम्मा वडाध्यक्ष सनत कुमार अधिकारीले लिने भएका हुन् ।
सोमबार परेको बालबालिका दिवसको अवसरमा तामाङका छोराछोरी १० वर्षिय सुकमान तामाङ, ८ वर्षिय सञ्चमाया तामाङ र ६ वर्षिय सुमन तामाङको १२ कक्षा सम्मको जिम्मा आफूले लिने घोषणा गरेको वडाअध्यक्ष अधिकारीले मेगाखबरलाई जानकारी दिए ।
सन्चमाया तामाङको विहीबार बिहान ८ः०० बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भीर बाट खसेर मृत्यु भएको थियो । मृतकको पेट फुटेर आन्द्रा भुडी निस्केको अबस्थामा फेला परेको र गर्भमा ८ महिनाको बच्चा रहेको र सो बच्चा जिवित फेला परेका थिए ।
तर, पछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै बच्चाको निधन भएको थियो ।
यो उदाहरणीय कार्यको निमित्त वडाध्यक्ष आफैं अग्रसर भई बाल दिवसको उपलक्ष्यमा ‘विपदमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ नारालाई मुल मन्त्र मानी सहयोग तथा जिम्मा लिने घोषणा गरेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।