बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

इन्जिनियर व्यवसायी दर्ता हुनको लागि पहिलो पटक लाइसेन्स परीक्षा

इन्जिनियर व्यवसायी दर्ता हुनको लागि पहिलो पटक लाइसेन्स परीक्षा

मेगा खबर संवाददाता

१२, चैत्र २०७९
  • 1.0K
    SHARES

  • इन्जिनियर व्यवसायी दर्ता हुनको लागि पहिलो पटक लाइसेन्स परीक्षा

    काठमाडौँ, चैत १२

    इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको छ । 

    आज पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका  इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरु गरेको छ । काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी छन् । 

    नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा सुरु गरेको बताए । उनले पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको जानकारि दिए । उनले इन्जिनियरको रूपमा काम गर्नको लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताए । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गरे । उनले परीक्षा निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै काउन्सिल लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको बताए ।

    आइतवार, चैत्र १२ २०७९०१:५७:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार