बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अन्नपूर्ण पदमार्गमा ३ महिनामा साढे दुई हजार पर्यटक

अन्नपूर्ण पदमार्गमा ३ महिनामा साढे दुई हजार पर्यटक

मेगा खबर संवाददाता

११, चैत्र २०७९
  • 997
    SHARES

  • अन्नपूर्ण पदमार्गमा ३ महिनामा साढे दुई हजार पर्यटक

    काठमाडाैँ, चैत ११

    चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा यतिबेला कम कम नै पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिक मन्दीका कारण हुनसक्छ”, गुरुङले भन्नुभयो । कोरोना सङ्क्रमणपछि विगतमा आएकोझैँ पर्यटक हालसम्म आएका छैनन् ।

    पर्यटकको कमीले पदमार्गका पर्यटन व्यवसायी चिन्तित छन् । जुरमुराउँदै गरेको पर्यटन व्यवसाय कोरोना सङ्क्रमणले लामो समय ठप्प भयो, सङ्क्रमण हटेयता विगतमा झैँ पर्यटक आउन नसकेको व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो ।     

    हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउँछन् ।

    मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसरह नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएको छ   

    शनिवार, चैत्र ११ २०७९१२:५०:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार