बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी तीन प्रदेशमा पाउँछ वर्षाले निरन्तरता

यी तीन प्रदेशमा पाउँछ वर्षाले निरन्तरता

मेगा खबर संवाददाता

८, चैत्र २०७९
  • 1.1K
    SHARES

  • यी तीन प्रदेशमा पाउँछ वर्षाले निरन्तरता

    देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

    जसको प्रभावले देशका पहाडी भू-भागका केही स्थानहरूमा  हल्का वर्षा भइरहेको छ । आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

    राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले जनाएका छन् । 

     

    बुधवार, चैत्र ८ २०७९०६:४३:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार